महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सुनुवाइ हुँदै
सारांश
- सर्वोच्च अदालतले आगामी निर्वाचनमा महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गरेको रिटको सुनुवाइ गर्दैछ।
- अधिवक्ता राजकुमार सुवालले विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गरेका छन्।
- आयोगले विवरण सार्वजनिक नगर्दा उजुरी गर्ने बाटो बन्द भएपछि सर्वोच्चमा रिट दायर गरिएको हो।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
उक्त रिटको सुनुवाइका लागि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ । अदालतले सुनुवाइपछि आयोगलाई विवरण सार्वजनिक गर्न आदेश दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ ।
अधिवक्ता राजकुमार सुवालले बुधबार दायर गरेको उक्त रिटमा विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको (प्रत्यक्ष र समानुपातिक दुवैतर्फको) सूची सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
कानुनअनुसार यदि कुनै उम्मेदवारले झुटो विवरण दिएर नाम दर्ता गरेको छ भने त्यसविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले विवरण सार्वजनिक नगर्दा उजुरी गर्ने बाटो बन्द भएपछि सर्वोच्चमा रिट दिएका हुन् ।
‘मतदाता नामावली ऐन, २०७३’ अनुसार कसैले झुटो विवरण दिएर नाम समावेश गरेको पाइएमा जोसुकैले पनि उजुरी दिन सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्न उम्मेदवारको पारिवारिक र व्यक्तिगत विवरण पारदर्शी हुनुपर्ने माग रिटमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण