विश्वकपबाट बाहिरिएपछि श्रीलङ्काली कप्तानको आक्रोश : नकारात्मकताले क्रिकेट बर्बाद पार्यो
कोलम्बो । घरेलु मैदानमा खचाखच भरिएका दर्शकमाझ न्युजिल्यान्डसँग ६१ रनले लज्जास्पद हार बेहोरेपछि श्रीलङ्का जारी टी-२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। बुधबार खेत्तारामा रङ्गशालामा भएको पराजयपछि श्रीलङ्काली कप्तान दासुन शनाकाले टोलीको असफलताका लागि बाह्य नकारात्मकता, पिचको अवस्था र खेलाडीको चोटलाई मुख्य कारक बताएका छन्।
पछिल्लो समय टोलीको प्रदर्शनलाई लिएर भइरहेको चर्को आलोचनाप्रति शनाकाले निकै आक्रामक रूपमा असन्तुष्टि पोखेका छन्। उनले बाहिर फैलाइएको नकारात्मक वातावरणले खेलाडीको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको र यसले श्रीलङ्काली क्रिकेटको भविष्य नै संकटमा पारेको दाबी गरेका छन्।
कप्तान शनाकाले रङ्गशाला बाहिर माइक लिएर बस्ने र खेल नै नहेरी जथाभाबी बोल्ने मानिसहरूका कारण क्रिकेट खेल असुरक्षित बनेको बताएका छन्। उनले आगामी पुस्ताका खेलाडीलाई जोगाउन अब सरकारले नै हस्तक्षेप गरेर यस्तो नकारात्मकता रोक्नुपर्ने धारणा राखेका छन्। ‘हामी त खेल खेलेर जाउँला, तर भोलि आउने नयाँ खेलाडीको मानसिक स्वास्थ्यका लागि सरकारले यस्तो वातावरणलाई नियन्त्रण गर्नुपर्छ,’ उनले आक्रोश पोख्दै भने।
शनाकाले खेत्तारामाको पिचलाई बुझ्न टोली व्यवस्थापन चुकेको पनि स्वीकार गरेका छन् । उनले सुरुवाती चरणदेखि नै स्पिनरलाई यति धेरै मद्दत मिल्ने पिचको अपेक्षा नगरेको बताएका छन्। न्युजिल्यान्डका स्पिनरहरू सामु श्रीलङ्काली ब्याटरहरू निरीह बनेपछि टोली १०७ रनमा सीमित भएको थियो। उनले विश्वकपका लागि ब्याटिङ मैत्री पिचको अपेक्षा गरे पनि सोचेजस्तो नहुँदा टोलीले अप्रत्याशित हार बेहोर्नुपरेको गुनासो गरेका छन्।
विश्वकपको महत्त्वपूर्ण समयमा मुख्य खेलाडीहरूको चोटले पनि श्रीलङ्कालाई ठुलो धक्का दिएको छ। लेग स्पिनर वानिन्दु हसरङ्गा, फास्ट बलर मथिसा पाथिराना र इशान मलिङ्गा जस्ता मुख्य खेलाडीहरू घाइते हुनु हारको अर्को ठुलो कारण रहेको शनाकाको ठहर छ। उनले खेलाडीको फिटनेसमा कुनै सम्झौता गर्न नहुने भन्दै फिटनेसकै कारण कतिपय प्रतिभावान खेलाडी टोलीमा पर्न नसकेको र परेकाहरू पनि घाइते भएको बताएका छन्।
घरेलु मैदानमा ठुलो आशा बोकेर आएका हजारौँ समर्थकहरूलाई निराश पारेकोमा कप्तान शनाकाले माफी मागेका छन्। ‘हामी सबैको चाहना सेमिफाइनल पुग्ने थियो, तर हामीले अपेक्षा अनुसार न्याय गर्न सकेनौँ,’ उनले भने, ‘समर्थकहरूलाई हामीले चाहेको खुसी दिन सकेनौँ, त्यसका लागि हामी क्षमाप्रार्थी छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण