तारकेश्वरमा दिनदहाडै ५ लाखभन्दा बढीको धनमाल चोरी
बिहीबार, १४ फागुन २०८२, १२ : ३६
सारांश
- काठमाडौंको तारकेश्वर नगरपालिकामा एक व्यक्तिको डेराबाट लाखौँको धनमाल चोरी भएको छ।
- लिला परियारको कोठाबाट नगद, सुनको सिक्री र मुन्द्रा चोरी भएको छ, जसको मूल्य ५ लाख ५० हजार रूपैयाँ रहेको छ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ।
काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिकामा एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। तारकेश्वर नगरपालिका१० स्थित छन्त्याल चोकमा डेरा गरी बस्ने लिला परियारको कोठामा बुधबार दिउँसो चोरी भएको हो।
लम्जुङ घर भएकी परियारको कोठाबाट नगदसहित सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोर चोरी भएको छ। पीडितका अनुसार चोरी भएको नगद र सुनका गरगहनाको बजार मूल्य करिब ५ लाख ५० हजार रूपैयाँ बराबर रहेको छ। परिवारका सदस्यहरू बाहिर गएको मौका छोपी चोरले कोठामा प्रवेश गरेर धनमाल हात पारेको प्रहरीले जनाएको छ।
घटना लगतै पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण