खाद्य प्रविधि विभागको अर्धवार्षिक प्रगति: दूषित खाद्य पदार्थ बेच्ने विरुद्ध ६२ मुद्दा दायर
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ६ महिनामा ५,९०० भन्दा बढी उद्योगको अनुगमन गर्यो।
- म्याद नाघेका, लेबल नभएका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरियो, र ६२ वटा मुद्दा दायर गरियो।
- विभागले १३ प्रकारका खाद्य पदार्थ बजारबाट फिर्ता गर्न आदेश दियो र तरकारी तथा फलफूलमा मापदण्ड विपरीतका नमुना फेला पार्यो।
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ५ हजार ९ सय ६ पटक उद्योग, होटल तथा बजार अनुगमन गरेको छ ।
सो क्रममा २९ लाख ४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको म्याद नाघेका, लेबल नभएका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसै अवधिमा न्यून स्तरका र दूषित खाद्य पदार्थ बिक्री गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा अदालतमा ६२ वटा मुद्दा दायर गरिएका छन्। अनुगमन र परीक्षणका क्रममा कैफियत देखिएका बेकरी, प्रशोधित पानी, दालमोठ, क्यान्डीलगायतका १३ प्रकारका खाद्य पदार्थहरू बजारबाट फिर्ता (रिकल) गर्न समेत विभागले आदेश दिएको छ।
प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये २६ वटा (२.६ प्रतिशत) नमुना प्रतिकूल पाइएपछि उनीहरूमाथि पनि कानुनी कारबाही अघि बढाइएको छ। यस्तै, आयातित तथा आन्तरिक बजारमा बिक्री हुने तरकारी र फलफूलमा गरिएको द्रुत विषादी अवशेष परीक्षण (आरबीपीआर) मा केही नमुनाहरू मापदण्ड विपरीत पाइएका छन् भने आवश्यक कागजात र लेबल नभएका २ सय २९ वटा खाद्य पदार्थको आयात अनुमति अस्वीकृत गरिएको छ।
बजार नियमनका साथै विभागले खाद्य स्वच्छता ऐन, २०८१ बमोजिम परम्परागत नेपाली खानेकुराहरूको गुणस्तर पनि निर्धारण गरेको छ। जसअनुसार छुर्पी, मस्यौरा र रोल्ड ओट्सको अनिवार्य गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित भई लागू हुने चरणमा छन् भने गुन्द्रुकको मापदण्ड स्वीकृतिका लागि सरकारसमक्ष सिफारिस गरिएको छ।
विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न आगामी दिनमा पनि बजार अनुगमन र जनचेतना जगाउने कार्यलाई अझै प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण