रेनुलाई जिताउन तालमेल भइरहेको कुरा खारेज गर्न चाहन्छु : प्रचण्ड
बिहीबार, १४ फागुन २०८२, १६ : १५
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले चितवन-३ मा रेनु दाहाललाई जिताउन कुनै पहल नगरेको बताए।
- उनले रेनुलाई जिताउन लागेको हल्लालाई खारेज गर्दै यस्तो आरोपको खण्डन गरे।
- प्रचण्डले रेनुको ९ वर्षको मेहनतको आधारमा चुनाव जित्नुपर्ने बताए, अन्यथा आफू र रेनुमाथि अन्याय हुने धारणा राखे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ मा रेनु दाहाललाई जिताउनका लागि कुनै पहल नगरिएको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले रेनुलाई जिताउन लागेको हल्लालाई खारेज गरेका हुन् ।
‘चितवन–३ मा रेनु दाहाललाई जिताउन लागेको कुरा बिल्कुल सही होइन । त्यस्तो आरोपको म खारेज गर्न चाहन्छु । मैले कुनै पनि वक्तव्य जारी गरेको छैन । तालमेलको लागि कुनै पहल गरेको पनि छैन । यद्यपि रेनुले ९ वर्ष गरेको मेहनतको आधारमा चुनाव जित्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसो भएन भने ममाथि र रेनुमाथि नै अन्याय हुन्छ जस्तो लाग्छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण