नेपाली इन्स्योरेन्स कम्पनीहरू ग्लोबल कम्पनीका रूपमा अघि बढ्ने गरि सहजीकरण गरिदिन अध्यक्ष ढकालको आग्रह
सारांश
- आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले कम्पनीहरूलाई बाह्य देशमा सेवा विस्तार गर्नुपर्ने बताए।
- अध्यक्ष ढकालले दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि बीमा प्राधिकरणलाई आग्रह गरे।
- नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले विश्व बजारमा विस्तार गर्न सहयोग गर्ने बताए।
काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली इन्स्योरेन्स कम्पनीहरूको पुँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन् ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष हेमराज ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह समेत गरे ।
विदेशी इन्स्योरेन्स कम्पनीहरूले नेपालमा बजार विस्तार गरे जस्तै नेपाली इन्स्योरेन्स कम्पनीहरू पनि ग्लोबल कम्पनीका रूपमा स्थापित गर्ने समय आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
सो अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायका तर्फबाट नेपाली कम्पनीहरूको बीमा व्यवसायलाई विश्व बजारमा विस्तार गर्ने सोच तथा लक्ष्यप्रति प्राधिकरणको नीतिगत सहयोग रहने आश्वासन दिए ।
बीमा प्राधिकरणको नीतिगत सहजीकरण र नेपाली बीमा कम्पनीहरूको विश्व बजारमा जाने लक्ष्यले बीमा बजार थप विस्तार हुने देखिएको छ ।
आजै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौँको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा २ तल्ला पार्किङसहित १२ तल्लाको भव्य भवनबाट सेवा दिने गरी भवन उद्घाटन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण