हङकङको नयाँ बजेटः नवप्रवर्तन र उच्च गुणस्तरको आर्थिक वृद्धिलाई प्रोत्साहन दिने
हङकङ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका वित्तीय सचिव पॉल चानले २०२६–२७ को बजेट प्रश्तुत गर्दै हङकङले आर्थिक विस्तारको बलियो गतिलाई निरन्तरता दिँदै विज्ञान तथा प्रविधि नवप्रवर्तनलाई नयाँ वृद्धिको इन्जिन बनाउने बताएका छन् ।
२०२५–२६ आर्थिक वर्षमा कर राजश्व बढेसँगै अर्थतन्त्र र पूँजी बजारको उछालका कारण सञ्चालन खातामा फेरि सरप्लस आएको छ । मजबुत वित्तीय एकीकरण कार्यक्रमले सरकारी कोषलाई पुनः भरिएको उनको भनाइ छ । यो वर्ष चीनको १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) को शुरुवात भएको उल्लेख गर्दै चानले हङकङले राष्ट्रिय विकासमा एकीकृत हुँदै नयाँ गुणस्तरीय उत्पादक शक्ति विकास गर्ने र उद्यमहरूलाई नयाँ बजार खोज्न सहयोग गर्ने बताए।
चानकाअनुसार २०२६ मा हङकङको आर्थिक वृद्धि २.५ देखि ३.५ प्रतिशतको बीचमा रहने अनुमान छ । अन्तर्निहित मुद्रास्फीति दर १.७ प्रतिशत र समग्र मुद्रास्फीति दर १.८ प्रतिशत हुने प्रक्षेपण छ । २०२७ देखि २०३० सम्म हङकङको अर्थतन्त्र औसतमा वार्षिक ३ प्रतिशत वास्तविक वृद्धि गर्ने र अन्तर्निहित मुद्रास्फीति औसत २ प्रतिशत रहने अनुमान छ ।
बजेटले विज्ञान तथा प्रविधि नवप्रवर्तनलाई बढावा दिने प्रतिबद्धतालाई नवीकरण गरेको छ । बजेटकाअनुसार २०२६–२७ देखि २०३०–३१ सम्म सञ्चालन खातामा सरप्लस रहनेछ । पुँजी खाता भने उच्च पुँजीगत कार्य खर्चका कारण वार्षिक घाटामा रहनेछ । पूर्वाधार परियोजनाका लागि बन्ड जारी गर्ने कार्य बढाइनेछ । जसलाई हङकङको भविष्यमा लगानी मानिन्छ । यो अवधिमा वित्तीय सञ्चिति क्रमशः बढेर ७०० अर्ब हङकङ डलरभन्दा माथि पुग्ने अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण