रविको आग्रह– मलाई अन्तिम इच्छा सोध्नेलाई फागुन २१ मा देखाइदिनोस्
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले फागुन २१ गते मतबाट जवाफ दिन आग्रह गरे।
- उनले चुनावमा मत बदल्न र रास्वपालाई भोट दिन अनुरोध गरे।
- रविले देशलाई सुशासनको मानक बनाउन चाहेको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अन्तिम इच्छा सोध्नेलाई फागुन २१ गते मतबाट देखाइदिन आग्रह गरेका छन् । शुक्रबार चितवनमा भएको चुनावी सभामा सम्बोधन गर्दै रविले अन्तिम इच्छा देखाइदिने बताएका हुन् ।
‘म विरुद्ध प्रमाण छ भनेको ६५८ दिन भएछ । अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । तेरो अन्तिम इच्छा के हो भनेर बेडरुपमा सोधेको मैले जवाफ दिएको थिइनँ । मेरो अन्तिम इच्छा के हो ? फागुन २१ गते भोटबाट देखाइदिनुहोला । यो मागी खाने देश होइन । यो गरिखाने देश हो । हामी सुशासनको मानक बनाउन चाहन्छौँ’, उनले भने ।
कार्यक्रममा रविले यो पटक भोट नबदल्न आम मतदाता समक्षा आग्रह गरे । प्रतिपक्ष विहीन बनाएर रास्वपालाई भोट दिन उनले अपिल गरे ।
उनले भने, ‘यो पटक अन्य पार्टीले एक सिट पनि जित्नु हुँदैन । यता पनि रास्वपा । उतापनि रास्वपा । यो पूर्वाग्रह राखेर भनेको होइन । उहाँहरूले इतिहासमा देखाएका योगदानको कदर स्वरूप पाँच वर्ष सडकको प्रतिपक्षमा राख्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण