युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेका छन्।
- ओलीले मध्यपूर्वको तनावले चिन्तित भएको बताउँदै दूतावास र सरकारलाई सुरक्षामा ध्यान दिन अनुरोध गरे।
- उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीहरुलाई सजग रहन आह्वान गरेका हुन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् ।
ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले आफूलाई चिन्तित तुल्याएको बताउँदै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन समेत अनुरोध गरेका छन् ।
अध्यक्ष ओलीले भनेका छन्– ‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ। युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु।’
शनिबार अमेरिका र इजरायलले इरानमाथि संयुक्त रुपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण