बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यपूर्व तनावः प्रमुख एयरलाइन्सद्वारा मध्यपूर्वतर्फका उडान स्थगित

शनिबार, १६ फागुन २०८२, २० : ५३
शनिबार, १६ फागुन २०८२

दोहा । मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चिन्ताका कारण विश्वका प्रमुख एयरलाइन्सहरूले सो क्षेत्रतर्फका उडानहरू डाइभर्ट र रद्द गरेका छन् ।

यात्रुहरूसँग क्षमायाचनासमेत गरिएको छ । भर्जिन एटलान्टिकले लन्डन हीथ्रोबाट दुबई जाने आफ्नो भीएस ४०० उडान रद्द गरेको जनाएको छ । साथै माल्दिभ्स, भारत र साउदी अरेबियातर्फका उडानहरू पुनःरुटिङका कारण लामो समय लाग्न सक्ने चेतावनी पनि दिएको छ । 

ब्रिटिस एयरवेजले तेल अभिभ र बहराइनका उडान बुधबारसम्मका लागि रद्द गरेको छ । शनिबार पनि ओमानतर्फको उडान स्थगित गरिएको छ । शुक्रबार राति ८ बजे समयमै उडेको हीथ्रो–दोहा बीए १२ 'घ' उडानलाई यात्राको करिब एकतिहाइ दूरी पुगेपछि फर्कन आदेश दिइएको थियो । केही घण्टापछि २०० भन्दा बढी यात्रु फेरि लन्डनमै अवतरण गरेका थिए । 

विज एयरले तत्कालीन प्रभावदेखि अर्को शनिबारसम्म इजरायल, दुबई, अबु धाबी र ओमानतर्फका सबै उडान स्थगित गरेको पुष्टि गरेको छ । साउदी अरेबियातर्फका उडानहरू भने मंगलबारसम्म रद्द रहने जनाइएको छ ।

एमिरेट्सले पनि अस्थायी रूपमा आफ्ना उडान सञ्चालन रोकेको छ । लुफ्थान्सा, एयर इन्डिया र टर्किस एयरलाइन्सले समेत सो क्षेत्रतर्फका उडान रद्द गर्ने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप