नेतान्याहु सम्बोधन
खामेनीको कम्पाउण्ड ध्वस्त भएको र वरिष्ठ अधिकारीहरू मारिएको नेतान्याहुको दाबी
आइतबार, १७ फागुन २०८२, ०१ : ३७
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि सैन्य कारबाहीपछि सम्बोधन गर्दै महत्त्वपूर्ण दाबी गरे।
- उनले इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कम्पाउण्ड ध्वस्त भएको र वरिष्ठ अधिकारीहरू मारिएको बताए।
- नेतान्याहुले इरानी जनतालाई वर्तमान सरकार ढाल्न यो उपयुक्त समय भएको भन्दै अवसर नगुमाउन आग्रह गरे।
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि गरिएको पछिल्लो सैन्य कारबाहीपछि राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै महत्त्वपूर्ण दाबीहरू गरेका छन् ।
प्रधानमन्त्री नेतान्याहुले आफूले ‘मध्यपूर्वको स्वरूप बदल्ने’ वाचा गरेको स्मरण गराउँदै हाल इजरायलले गरिरहेको सैन्य कारबाहीमार्फत सोही कार्य भइरहेको बताए ।
आफ्नो सम्बोधनका क्रममा उनले इरानमा भएको आक्रमणमा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कम्पाउण्ड ध्वस्त भएको दाबी गरे । साथै, उक्त आक्रमणमा इरानको ‘रिभोलुसनरी गार्ड’ का कमाण्डरहरू र वरिष्ठ परमाणु अधिकारीहरू मारिएको समेत उल्लेख गरे ।
इरानी जनतालाई सम्बोधन गर्दै नेतान्याहुले वर्तमान इरानी सरकारलाई ढाल्नका लागि यो उपयुक्त समय भएको बताए । उनले इरानी नागरिकहरूलाई यो अवसर ‘नगुमाउन’ समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण