लिभरपुलको सानदार जित: वेस्ट ह्याममाथि गोलको वर्षा गर्दै युनाइटेडसँग अंक बराबरी
सारांश
- लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई ५-२ ले पराजित गर्दै लिग तालिकामा आफूलाई बलियो बनायो।
- खेलमा ह्युगो एकिटिके, भर्जिल भान डाइक, एलेक्स म्याक एलिस्टर र कोडी ग्याक्पोले गोल गरे।
- जितसँगै लिभरपुल चेल्सीलाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको छ।
लण्डन। एनफिल्डमा भएको प्रिमियर लिगको रोचक भिडन्तमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई पराजित गर्दै लिग तालिकाको शीर्ष चारको होडमा आफूलाई बलियो बनाएको छ। आक्रामक खेल प्रदर्शन गरेको लिभरपुलले वेस्ट ह्यामलाई दबाबमा राख्दै अंक तालिकामा म्यानचेस्टर युनाइटेडसँग समान अंक जोड्न सफल भएको छ।
खेलको पहिलो हाफमै तीन गोलको अग्रता बनाएको लिभरपुलले सिजनमै पहिलोपटक एकै खेलमा पाँच गोल गर्ने सफलता समेत प्राप्त गर्यो। आर्ने स्लटको टोलीले यस वर्ष सेट-पिसमार्फत गोल गर्ने मामलामा आफूलाई लिगकै उत्कृष्ट प्रमाणित गरेको छ।
खेलको पाँचौँ मिनेटमा रायन ग्रेभनबर्चको पासमा ह्युगो एकिटिकेले सानदार गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। यो उनको यस सिजनको १६औँ गोल हो।
वेस्ट ह्यामले बराबरी गर्ने प्रयास गरे पनि भर्जिल भान डाइकले डोमिनिक जोबोस्लाईको कर्नरमा हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफ सकिनुअघि एलेक्स म्याक एलिस्टरले प्रहार गरेको उत्कृष्ट भली डिफ्लेक्ट हुँदै जाली चुमेपछि लिभरपुल ३-० ले अघि बढेको थियो।
दोस्रो हाफको सुरुवातमै वेस्ट ह्यामका टोमस सुसेकले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत देखाएका थिए। तर, खेलको ७०औँ मिनेटमा कोडी ग्याक्पोले गोल गर्दै लिभरपुलको अग्रतालाई थप फराकिलो बनाए।
नुनो एस्पिरिटो सान्तोको टोली वेस्ट ह्यामका लागि टाटी क्यास्टेलानोसले अर्को गोल थपे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको अन्त्यतिर जेरेमी फ्रिमपोङको क्रस एक्सेल डिसासीको खुट्टामा लाग्दै आत्मघाती गोलमा परिणत भएपछि लिभरपुलले ५-२ को फराकिलो जित सुनिश्चित गर्यो।
यस जितसँगै लिभरपुल चेल्सीलाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको छ भने पराजित वेस्ट ह्याम रेलिगेसन क्षेत्रको १८औँ स्थानमै यथावत रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण