इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
सारांश
- इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको सरकारी टेलिभिजनले पुष्टि गरेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको बताएका थिए, र इरानमाथि अमेरिका र इजरायलले संयुक्त हमला गरेका थिए।
- खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च शक्तिमा थिए र उनी इरानको इतिहासमा लामो समय शासन गर्ने नेता थिए।
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए ।
अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ ।
सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति उनकै हातमा रहेको थियो । उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समयसम्म शासन गर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख हुन्।
खामेनी इरानका आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला थिए। सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। क्रान्तिअघि शाहको शासनको विरोध गर्दा उनी ६ पटक पक्राउ परेका थिए भने ३ वर्ष निर्वासनमा बिताएका थिए।
सर्वोच्च नेता बन्नुअघि उनी इरानको तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए। इरान–इराक युद्धका बेला उनले देशको नेतृत्व गरेका थिए भने सोही समयमा इरानी सैन्य दस्ता 'इस्लामिक रिभोलुसनरी गार्ड कोर' सँग उनको सम्बन्ध बलियो भएको थियो।
उनलाई एक कट्टरपन्थी र हार्डलाइनर नेताका रुपमा चिनिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण