इरानी सर्वोच्च नेता र रक्षा मन्त्रीसहित ४० उच्च अधिकारी मारिएको दाबी
सारांश
- बीबीसीका अनुसार इरानमा भएको आक्रमणमा सर्वोच्च नेता खामेनीसहित ४० जना उच्च पदस्थ अधिकारी मारिए।
- मारिनेमा इरानको शक्तिशाली सैन्य संगठनका कमाण्डर र रक्षा मन्त्री पनि छन्।
- इरान सरकारले मृत्युको पुष्टि नगरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने स्रोतको आधारमा दाबी गरेका छन्।
तेहरान । इरानमा भएका पछिल्ला आक्रमणहरूमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित करिब ४० जना उच्च पदस्थ इरानी अधिकारीहरू मारिएको बीबीसीको सञ्चार साझेदार संस्था 'सिबिएस न्युज' ले दाबी गरेको छ ।
गुप्तचर र सैन्य स्रोतहरूलाई उद्धृत गर्दै सिबिएसले जनाए अनुसार मारिनेहरूमा इरानको शक्तिशाली सैन्य संगठन 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स'का कमाण्डर र देशका रक्षा मन्त्री समेत रहेका छन्।
ती अधिकारीहरू एउटै स्थानमा रहेका बेला मारिएका हुन् वा विभिन्न स्थानमा भएका अलग-अलग आक्रमणमा परेका हुन् भन्ने कुरा भने अझै स्पष्ट हुन सकेको छैन।
विश्वभर इरानी सर्वोच्च नेता खामेनीको मृत्युका समाचारहरू व्यापक रूपमा फैलिरहेका भए पनि इरान सरकारले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी नै छ। इरानी सरकारी सञ्चारमाध्यम र अधिकारीहरूले यसअघि यस्ता समाचारहरूलाई 'शत्रुको मनोवैज्ञानिक प्रचार' भन्दै खण्डन गर्दै आएका छन् । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने आफ्ना स्रोतका आधारमा खामेनीको मृत्यु भइसकेको दाबी गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण