नइले विजय मल्ल शताब्दी महोत्सव मनायो
सारांश
- नइ एकेडेमीले विजय मल्लको शताब्दी महोत्सव मनायो, जसमा विभिन्न व्यक्तित्वलाई पुरस्कार प्रदान गरियो।
- महोत्सवमा विजय मल्लको सिर्जनात्मक योगदानको कदर गर्दै विभिन्न विधाका व्यक्तिहरूलाई सम्मान गरियो।
- कार्यक्रममा प्राज्ञ, साहित्यकार, नाट्यकर्मी र चलचित्रकर्मीहरूलाई 'विजय मल्ल नइ शताब्दी पुरस्कार' र पदक प्रदान गरियो।
काठमाडौँ । नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको काठमाडौँमा शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि ४६ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको थियो ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले प्रमुख अतिथि महासमालोचक प्राडा वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित गरे ।
समारोहका प्रमुख अतिथि महासमालोचक प्राडा वासुदेव त्रिपाठीले विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई प्राज्ञिक कार्य गरेबापत नेपाल तथा भारतका सात जना प्राज्ञलाई जनही २५–२५ हजार रुपियाँ राशिसहित ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत गरे । पुरस्कृत हुने प्राज्ञहरूमा डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा।लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा।भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानी रहेका छन् ।
त्यसै गरी विजय मल्लका सिर्जनात्मक कृतिमा आधारित नाट्यमञ्चन तथा चलचित्र निर्माणमा उल्लेखनीय योगदान दिएबापत ३८ जनालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिएको छ । सो पदकबाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा।केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहारी, प्रा.डा.दयाराम श्रेष्ठ, डा।दुर्गाबहादुर घर्तीमगर, प्रा।डा।देवीप्रसाद गौतम, प्रा।डा।देवीप्रसाद सुवेदी, नगीना जोशी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा.महादेव अवस्थी, मुरलीधर, मोतीशोभा श्रेष्ठ, रवीन्द्र खड्का, राधेश्याम प्रधान, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, सूर्यमाला शर्मा, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाल रहेका छन् ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठी, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.कृष्णराज घतानी, चैत्यदेवी, मदनदास श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईले स्रष्टा विजय मल्लको योगदानबारे चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण