बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

इरान आक्रमणको भोलिपल्ट सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, १७ फागुन २०८२, १० : ३६
आइतबार, १७ फागुन २०८२

सारांश

  • इरानमाथिको आक्रमणपछि नेपाली बजारमा सुनको मूल्य बढेको छ।
  • आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ, भने चाँदीको मूल्य पनि बढेको छ।
  • अन्तर्राष्ट्रिय बजारको अस्थिरता र मध्यपूर्वको तनावले सुनचाँदीको मूल्य बढाएको हो।

काठमाडौँ । इरानमाथि भएको आक्रमणको भोलिपल्ट नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि १५ फागुनमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। १५ फागुनमा चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो। दुई दिनमा चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा बढ्दो तनावका कारण बहुमूल्य धातुको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ। इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेका थिए । लगत्तै इरानले पनि मध्यपूर्वमा रहेका विभिन्न अमेरिकी वेशहरुमा जवाफी आक्रमण गरेपछि तनाव बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप