इरानी आक्रमणमा इजरायलमा एक जनाको मृत्यु, १२१ घाइते
सारांश
- इरानको आक्रमणपछि इजरायलमा एक महिलाको मृत्यु भएको छ, र १२१ जना घाइते भएका छन्।
- इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्यो, जसमध्ये केही तेल अभिभ र यरूशलेममा खसे।
- वेस्ट बैंकमा एक प्यालेस्टिनीको मृत्यु भयो र प्यालेस्टिनी क्षेत्र इजरायली रक्षा प्रणालीबाट असुरक्षित रहेको टिप्पणी गरिएको छ।
तेल अभिभ । इरानको आक्रमणपछि इजरायलमा हालसम्म एक जना इजरायली महिलाको मृत्यु भएको इजरायलको आपत्कालीन एम्बुलेन्स सेवाले बताएको छ । यसका अनुसार आक्रमणमा परेर अरु १२१ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ ।
अमेरिका र इजरायल मिलेर शनिबार इरानमाथि हमला गरेपछि प्रतिकारमा इरानले पनि इजरायलमाथि ठुलो परिमाणमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार अधिकांश मिसाइल र ड्रोनहरू अवरोध वा ध्वस्त पारिएका थिए । तर केही भने इजरायलको प्रमुख सहर तेल अभिभ र यरूशलेमको पश्चिममा रहेको बेइत शेमेश क्षेत्रमा खसेका थिए ।
अधिकारीहरूका अनुसार कब्जामा रहेको वेस्ट बैंकको उत्तरी सहर कल्किलिया नजिक पनि छर्रा खसेको छ । यो कुनै रकेटको अवशेष हो वा अवरोधक मिसाइलको टुक्रा हो भन्ने अझै स्पष्ट भएको छैन । उक्त छर्रा एउटा अवैध इजरायली बस्तीबाट टाढा र प्यालेस्टिनी क्षेत्र नजिक खसेको बताइएको छ । इजरायली रक्षा प्रणाली मुख्यतः इजरायली नागरिकको सुरक्षा गर्न बनाइएको हुँदा प्यालेस्टिनी क्षेत्र असुरक्षित रहेको टिप्पणी गरिएको छ । शनिबार बिहानै वेस्ट बैंकको दक्षिणी सहर बेइत साहौरमा एक प्यालेस्टिनी घाइते भएको रिपोर्ट आएको थियो ।
यसैबिच, दिनभरिमा इजरायली सेनाले हेब्रोन नजिक एक प्यालेस्टिनीलाई गोली हानी हत्या गरेको जनाइएको छ । रकेट आक्रमण भइरहेकै बेला पनि इजरायली बसोबासीहरूले आक्रमण जारी राखेको रिपोर्टहरूमा उल्लेख गरिएको छ । विश्लेषकहरूका अनुसार इजरायल, अमेरिका र इरानबीचको द्वन्द्व तीव्र बन्दै जाँदा सैन्य कब्जामा बसिरहेका प्यालेस्टिनीहरू झन जोखिममा परेको चिन्ता व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण