इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते
सारांश
- दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण हुँदा चार जना घाइते भए, उद्धार टोली परिचालन गरियो।
- जेबेल अली बन्दरगाहमा ड्रोनका कारण आगलागी हुँदा मानवीय क्षति भएन, आगो नियन्त्रणमा लिइयो।
- जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनका भग्नावशेष खस्दा एक जनाको मृत्यु, सात घाइते, सुरक्षा सतर्कता बढाइयो।
दुबई । संयुक्त अरब इमिरेट्स सरकारका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणबाट चार जना घाइते भएका छन् । अधिकारीहरूले आपतकालीन उद्धार टोली तुरुन्तै सक्रिय गरिएको र सम्बन्धित निकायहरूसँग समन्वय गरेर घटनाको व्यवस्थापन भइरहेको बताएका छन् । घाइतेहरूलाई आवश्यक उपचार उपलब्ध गराइएको पनि जनाइएको छ ।
यसैबिच, दुबईको जेबेल अली बन्दरगाहमा सैन्य बलले अवरोध गरेको ड्रोनका टुक्रा खस्दा बन्दरगाहको एक भागमा आगलागी भएको सरकारको भनाइ छ । उक्त बन्दरगाहमा प्रायः अमेरिकी नौसेनाका जहाजहरू रोकिन्छन् । दुबई सिभिल डिफेन्स टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिएको र त्यहाँ कुनै मानवीय क्षति नभएको बताइएको छ ।
अर्को छुट्टै घटनामा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनका भग्नावशेष खस्दा एक एसियाली नागरिकको मृत्यु भएको तथा सात जना घाइते भएको युएई सरकारले जनाएको छ । घटनापछि सुरक्षा सतर्कता बढाइएको र परिस्थितिको निगरानी जारी रहेको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण