अमेरिकाको मुटुमा छुरा हान्नेछौँ : प्रमुख इरानी नेता लारीजानी
सारांश
- इरानका नेता अली लारीजानीले सर्वोच्च नेताको मृत्युको बदला लिने चेतावनी दिएका छन्।
- लारीजानीले अमेरिकी र इजरायली सेनामाथि थप प्रतिशोध लिने वाचा गरेका छन् र सशस्त्र सेनाको प्रतिक्रिया बलियो हुने बताएका छन्।
- उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण जारी राख्ने बताएका छन्।
तेहरान । इरानका एक प्रमुख नेता अली लारीजानीले सर्वोच्च नेता आयोतुल्ला अली खामेनीको मृत्युको बदला लिने चेतावनी दिएका छन् । अमेरिकाको मुटुमा छुरा हान्ने चेतावनी उनले दिएका छन् ।
लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव हुन् । ‘अमेरिकीहरूले इरानी जनताको मुटुमा छुरा हानेका छन् र हामी पनि उनीहरूको मुटुमा छुरा हान्नेछौँ ।’ उनले भने । अमेरिकी र इजरायली सेनाविरुद्ध थप प्रतिशोधको वाचा पनि उनले गरेका छन् । ‘हाम्रा सशस्त्र सेनाहरूको प्रतिक्रिया निकै बलियो हुनेछ’ उनको भनाइ छ ।
‘उनीहरूलाई थाहा हुनुपर्छ कि तिनीहरू हिर्काएर भाग्न सक्दैनन्,’ उनको भनाइ छ । लारीजानी इरानको शीर्ष निर्णयकर्ता हुन् । उनी खमेनीका प्रमुख सल्लाहकारसमेत रहेका थिए । राष्ट्रपति र न्यायालय प्रमुखसमेतको समावेश भएको अस्थायी नेतृत्व संरचना चाँडै स्थापना गरिने उनले बताएका छन् ।
इरान क्षेत्रका अन्य देशसँग युद्धमा नभएको तर मध्यपूर्वका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राख्ने पनि उनले बताएका छन् । उनले जोड दिँदै भने, ‘यो कुरा सदाको लागि स्पष्ट पार्नुपर्छ कि अमेरिकीहरूले इरान राष्ट्रलाई धम्क्याउन सक्दैन’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण