गोरखा–१ का उम्मेदवार खत्री भन्छन्– निर्वाचनको मुखमा भ्रम सिर्जना गर्न खोजियो
सारांश
- गोरखा-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले चुनावको मुखमा आफूविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको बताए।
- खत्रीले आफूविरुद्ध नक्कली उद्धार प्रकरणमा अनुसन्धान भइरहेको भन्दै प्रचार गरिएको बताएका छन्, तर कुनै अनुसन्धान नभएको जानकारी दिए।
- डा. बाबुराम भट्टराईले कांग्रेसलाई सघाउने भएपछि गोरखाको चुनावी माहोल थप तातिएको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रेमकुमार खत्रीले चुनावको मुखमा आफूविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् ।
आफूसँग सम्बन्धित विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै खत्रीले ध्यानाकर्षण भएको जनाएका छन् । आफूविरुद्ध हुँदै नभएको विषयमा छानबिन सुरु भएको भनेर भ्रमपूर्ण प्रचार भएको बताउँदै उनले यो चुनावी ‘फन्डा’बाहेक अरु केही नभएको जिकिर गरे ।
राजधानीको ठमेलस्थित एससीई हिमालयका सञ्चालक समेत रहेका उनीबारे नक्कली उद्धार प्रकरणमा अनुसन्धान भइरहेको भन्दै प्रचार भएको थियो । तर, यसबारे केन्द्रीय अनुसन्धान ब्युरोले हालसम्म खत्रीसम्बन्धी कुनै पनि अनुसन्धान नभएको जानकारी प्राप्त भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा समेत उल्लेख छ ।
कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यस कम्पनी वा कम्पनीका सञ्चालक प्रेमकुमार खत्रीसउम्बन्धी कुनै पनि अनुसन्धान हालसम्म नभएको जानकारी सम्बन्धित निकायसँग बुझ्दा प्राप्त भएको छ । सम्बन्धित निकाय स्वयं यस विषयमा अनविज्ञ रहेको जानकारी समेत पाएका छौँ ।’
कम्पनीले खत्री डेढ वर्षभन्दा बढी समयदेखि राजनीति पेसा होइन सेवा हो भन्ने भावका साथ विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको समेत स्पष्ट पारेको छ । यस्तै कांग्रेस गोरखाले पनि भ्रमपूर्ण प्रचार भएको भन्दै आपत्ति प्रकट गरेको छ ।
यसैबीच गोरखामा डा बाबुराम भट्टराईले कांग्रेसलाई सघाउने भएका छन् । उनले गोरखा १ बाटै उम्मेदवारी दिएको भएपनि निर्वाचन आयोगले तोकेको समयमा उम्मेदवारी फिर्ता लिएका थिए । अहिले आएर भट्टराईले सघाउने भएसँगै गोरखाको चुनावी माहोल थप तातिएको छ । गोरखा १ मा रास्वपाबाट सुदन गुरुङ, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट रामचन्द्र लामिछानेलगायत चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण