बालेनमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा युवक पक्राउ
आइतबार, १७ फागुन २०८२, १७ : ३२
सारांश
- प्रहरीले टिकटकमा भ्रम फैलाएको आरोपमा एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कञ्चनपुरका २३ वर्षीय प्रकाश भट्ट छन्, उनले 'झापामा बालेन शाहमाथी गोली प्रहार' भनेर पोष्ट गरेका थिए।
- प्रहरीले भट्टलाई काठमाडौंको डबली चोकबाट पक्राउ गरी अनुसन्धानका लागि ५ दिनको म्याद लिएको छ।
काठमाडौं । सामाजिक सञ्जाल (टिकटक)मा भ्रम फैलाएको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भएका २३ वर्षीय प्रकाश भट्ट छन् । भट्टले टिकटकमा ‘झापामा बालेन शाहमाथी गोली प्रहार’ भन्ने भ्रामक पोष्ट गरेका थिए ।
आरोपीलाई शुक्रबार काठमाडौं महानगरपालिका–५ स्थित डबली चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आरोपी बिरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण