मकवानपुरमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध, घरभित्रै मनाउन आग्रह
सारांश
- मकवानपुर जिल्ला प्रशासनले निर्वाचनलाई ध्यानमा राखी फागु पूर्णिमामा मदिरा र डीजेमा प्रतिबन्ध लगाएको छ।
- निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।
- प्रशासनले होली पर्व घरभित्रै परिवारसँग मनाउन र निर्वाचनलाई उत्सवको रूपमा लिन आग्रह गरेको छ।
काठमाडाैँ। आगामी निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फागु पूर्णिमा (होली पर्व)मा मदिरा र डिजे पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचनको पूर्व सन्ध्या तथा निर्वाचनको मौन अवधिमा परेको होली पर्वमा भिडभाड तथा मदिरा तथा डिजे पूर्ण रूपमा बन्देज गरेको हो ।
निर्वाचनका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै संयमित र अनुशासित भएर मनाउन प्रशासनले आग्रह गरेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा होलीका नाममा हुन सक्ने उच्छृङ्खल गतिविधिले निर्वाचन प्रक्रियालाई असर पार्न सक्ने भन्दै प्रशासनले कडा सुरक्षा रणनीति अपनाएको बताए । प्रजिअ अधिकारीका अनुसार निर्वाचन आयोग र गृह मन्त्रालयको निर्देशन पालना गर्दै जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण, सेवन र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
‘मदिराका कारण झगडा र दुर्घटना बढ्ने हुनाले यसलाई नियन्त्रण गर्न आजैबाट प्रहरी परिचालन गरिएको छ ।’ उनले भने, ‘सार्वजनिक स्थानमा ठुलो आवाजमा डिजे बजाउन, पानीका फोहोरा फाल्न र ठुलो समूहमा जम्मा भएर होहल्ला गर्न समेत रोक लगाइएको छ । गत वर्षहरूमा हेटौँडाको सङ्गम चोक, बुद्ध चोक, सीमा चोक, हुप्रा चौर लगायतका स्थानमा हुने भिडभाडलाई यस पटक पूर्ण रूपमा नियन्त्रण गरिनेछ ।’
होली मनाउँदा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह अङ्कित टिसर्ट, टोपी वा झन्डा प्रयोग नगर्न उनले सचेत गराएका छन् । निर्वाचन आचारसंहिताले सो क्रियाकलापलाई निषेध गरेकाले होली खेल्दा राजनीतिक सङ्केतहरू प्रयोग गरे कारबाही गरिने प्रजिअ अधिकारीले चेतावनी दिए ।
होलीको दिन हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको प्रयोगमा पनि कडाइ गरिने उनको भनाई छ । विशेष गरी मोटरसाइकलमा तीन जना चढ्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा हुइँक्याउनेहरूलाई कारबाही हुने उनले बताए । प्रजिअ अधिकारीले यस वर्षको होली सकभर आ–आफ्नो घरको कम्पाउन्डभित्र परिवारसँग मात्र मनाउन अनुरोध गरेका छन् ।
‘अहिले हाम्रो मुख्य उत्सव भनेकै निर्वाचन हो । पहिले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरौँ । रमाइलो र पिकनिक त चुनावपछि पनि गर्न सकिन्छ । उच्छृङ्खल गतिविधि गर्ने र प्रशासनको आग्रहलाई अवज्ञा गर्ने व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइने छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण