आगामी पाँच वर्ष विकास र सुशासनको समय हो: सभापति थापा
सारांश
- गगनकुमार थापाले आगामी पाँच वर्ष विकास र सुशासनको समय भएको बताए।
- उनले कांग्रेसले विकास र सुशासनमा समय खर्च गर्न चाहेको बताइन्।
- उनले शिक्षा र स्वास्थ्यमा परिवर्तन र कर छुटको नीतिबारे जानकारी दिइन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष विकास र सुशासनको समय भएको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ र ६ ले आइतबार यहाँ आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले आगामी पाँच वर्ष विकास र सुशासनमा खर्च गर्न चाहेको बताएका हुन् । “संविधान बनेपछि कानुन बनाउनेभन्दा पनि सरकार बनाउने र टिकाउनेमा समय खेर गयो, आगामी पाँच वर्ष विकास र सुशासनका लागि समय खर्च गर्न चाहन्छौँ,” उनले भने ।
आगामी दिनमा सुशासन कायम गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने उनको भनाइ थियो । सभापति थापाले घरजग्गा कारोबार, शेयर कारोबार, ठुला उद्योग सञ्चालन नहुँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेको बताए । कांग्रेसले वार्षिक १० लाख आयआर्जन गर्ने व्यक्तिलाई कर छुट दिने नीति लिएको उल्लेख गरे ।
सभापति थापाले उत्तेजना र घृणाको राजनीतिलाई काठमाडौँ उपत्यकाका जनताले विश्वास नगर्ने र आगामी निर्वाचनमा विवेकको प्रयोग गर्ने उनले विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा पार्टीका महामन्त्री प्रदीप पौडेल र क्षेत्र नं ६ मा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँ उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण