रौतहटमा आज राति १० बजेदेखि ७२ घण्टा सीमा नाका बन्द
सारांश
- आगामी निर्वाचनलाई ध्यानमा राख्दै रौतहट जिल्लाका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ।
- निर्वाचनलाई निष्पक्ष बनाउन र सुरक्षा व्यवस्थालाई सुदृढ पार्न सीमा नाका बन्द गर्ने निर्णय लिइएको हो।
- रौतहटका सिडिओ दिनेश सागर भुसालले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्णय कार्यान्वयनमा सहयोगको अपेक्षा गरेका छन्।
रौतहट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएका रौतहट जिल्लाका सम्पूर्ण सीमा नाका आज राति १० बजेदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनाअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आज फागुन १८ गते (तदनुसार २ मार्च २०२६) सोमबार राति १० बजेदेखि फागुन २१ गते (तदनुसार ५ मार्च २०२६) बिहीबार राति १० बजेसम्म जिल्लाका सबै सीमा नाका बन्द रहनेछन्।
प्रशासनका अनुसार सीमावर्ती क्षेत्रमा हुने आवतजावत नियन्त्रण गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो। यस अवधिमा सीमा क्षेत्र हुँदै हुने आवतजावत तथा गतिविधिमा कडाइ गरिने जनाइएको छ।
रौतहटका सिडिओ दिनेश सागर भुसालले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको जानकारी दिँदै यस निर्णय कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। उनले आम नागरिकलाई सूचनाको पालना गर्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण