साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला
सारांश
- इजराइल-अमेरिका र इरानबीचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा साउदीको तेल रिफाइनरीमा आक्रमण भयो, जसले गर्दा रिफाइनरी बन्द भयो।
- इरानले इजराइल, कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा हमलाहरू सुरु गर्यो भने हिजबुल्लाह पनि युद्धमा सहभागी भयो।
- अमेरिका र इजराइलले इरानमा हमला गर्दा २०० भन्दा बढीको मृत्यु भयो र एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भयो।
तेहरान/जेरुसेलम । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ।
यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी 'रास तनुरा' मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ ।
रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठुला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ ।
यसैबिच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमवार अमेरिका अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन् । उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको खण्डन गरेका हुन् ।
इरानले आज इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि हमलाहरू पुनः सुरु गरेको छ ।
अर्कोतर्फ, यस युद्धमा लेबनानको उग्रवादी सङ्गठन हिजबुल्लाह पनि सहभागी भएको छ । इरानको समर्थनप्राप्त हिजबुल्लाहले इजराइलका धेरै ठाउँमा बमबारी गरेको छ । उसले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको छ ।
अल जजिराको रिपोर्टअनुसार अमेरिका र इजराइलले मिलेर अहिलेसम्म इरानका १ हजारभन्दा बढी स्थानमा हमला गरेका छन् । यस दौरान प्रारम्भिक ३० घण्टामा २ हजारभन्दा बढी बम खसालिएका छन् ।
यी हमलामा अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् ।
एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको खबर छ ।
फेब्रुअरी २८ मा सुरु भएको यस लडाइँको पहिलो दिन नै इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई मारिएका थिए । यसबाहेक, आइतबार ३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण