सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

महाराजगन्ज र नैकापमा गाडीमाथि आगजनी

मङ्गलबार, १९ फागुन २०८२, ०९ : २०
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • काठमाडौंको महाराजगन्ज र नैकापमा दुई वटा गाडीमा आगजनी भएको छ।
  • नैकापमा टोयोटा कार र महाराजगन्जमा मारुती भ्यानमा आगजनी भएको हो।
  • घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा फेला परेको छ, प्रहरीले अनुसन्धान गर्दैछ।

काठमाडौँ । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ । 

घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको एसपी भट्टराईले बताए । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप