सिराहा–३ का जसपा नेपालका उम्मेदवार यादव र पर्सा–२ का नेकपा उम्मेदवार चौधरी पक्राउ
सारांश
- सिराहा-३ का जसपा उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ परेका छन्।
- मौन अवधिमा शंकास्पद गतिविधि गरेको आरोपमा नेकपाका पर्सा-२ का उम्मेदवार मनोज चौधरी पक्राउ परे।
- प्रहरीले यादवलाई नगद ४ लाख ८७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिराहा–३ का उम्मेदवार अशेश्वर यादव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पर्सा–२ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मौनअवधिका बेला शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । जसपा नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
नेकपाका पर्सा २ का उम्मेदवार चौधरी नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रबाट पक्राउ परेका हुन् । चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीसपी हरि बहादुर बस्नेतले जानकारी दिए ।
गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको डिएसपी बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण