सर्लाहीमा मौन अवधिमा नगद बोकेर हिँडेका पूर्व वडाअध्यक्ष पक्राउ
बुधबार, २० फागुन २०८२, १० : ५७
सारांश
- सशस्त्र प्रहरीले सर्लाहीको हरिपूर्वाबाट पूर्व वडाअध्यक्ष पुरुषोत्तम यादवलाई नगदसहित पक्राउ गरेको छ।
- निर्वाचनको मौन अवधिमा २५ हजार नगदसहित हिँडेका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- यादव नेपाली कांग्रेसबाट निर्वाचित भई हाल राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध छन्।
काठमाडौँ । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर–२ हरिपूर्वा गाउँबाट सशस्त्र प्रहरीको स्ट्राइकिङ फौजले नगदसहित पूर्व वडाअध्यक्षलाई पक्राउ गरेको छ । मौन अवधिमा नगद बोकेर हिँडेपछि सशस्त्र प्रहरीको टोलीले ६५ वर्षीय पुरुषोत्तम यादवलाई पक्राउ गरेको छ । उनी पूर्व वडाअध्यक्ष हुन् ।
सर्लाही क्षेत्र नम्बर–२ को निर्वाचन सुरक्षामा खटिएका सशस्त्रका इन्स्पेक्टर सुजन रानाभाट नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर स्थानीय प्रहरीलाई बुझाएको छ । यादवको साथबाट सशस्त्रले २५ हजार नगद बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए ।
यसअघि नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका यादव अहिले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण