बागलुङको दुई वटै मत गणनास्थलमा तारजाली र सिसी क्यामरा जडान
सारांश
- बागलुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि तारजाली र सिसी क्यामरासहितको मतगणनास्थल तयार पारिएको छ।
- मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित बनाउन दुवै क्षेत्रमा तारजाली र सिसी क्यामेरा जडान गरिएको छ।
- मतगणनास्थलमा उम्मेदवारका प्रतिनिधिहरूले फलामे तारजालीबाट मत गणना हेर्न सक्नेछन्।
बागलुङ । बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनाका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रका लागि तारजाली र सिसी क्यामरासहितको मत गणनास्थल तयार पारेको छ ।
क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नम्बर २ को नयाँ सहर आयोजना कार्यालय कुत्थाप्लामा मत गणनास्थल निर्माण गरिएको ।
मत गणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मत गणनास्थललाई तारजाली, सिसी टिभी जडान गरिएको मुख्निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् । गणनास्थलमा सिसी क्यामेरासहित सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ । मत गणनास्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन् भनेर तारजाली लगाइएको अधिकारीले बताइन् ।
तारजाली भित्र मत गणक कर्मचारी बस्ने र पारदर्शी तारजाली बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ । मत गणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले फलामे तारजालीबाट मतगण ना हेर्न मिल्ने छ ।
मुख्य निर्वाचन अधिकृत अधिकारीले भनिन्– ‘जिल्लको दुई वटा क्षेत्रमा मत गणना हुनेछ । त्यसका लागि क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिको सभा हल र क्षेत्र नम्बर २ को नयाँ सहर आयोजनाको कार्यालयमा गणना हुनेछ । मत गणना सुरु भएपछि गणनास्थलको सुरक्षा व्यवस्था कडा पारिने छ, मानिस भन्दा अग्लो फलामे तारजाली राखिएको छ, तारबार भित्र गणक मात्रै बस्न सक्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण