इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेश : रातभर इरानको प्रहार
सारांश
- मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्यो, इरान, इजरायल, लेबनान र खाडी क्षेत्रमा आक्रमण र प्रतिआक्रमण जारी छ।
- इरानले इजरायलले आक्रमण गरेको र बासिज र आन्तरिक सुरक्षा कमान्ड केन्द्रहरू निशाना बनाएको आरोप लगाएको छ, विस्फोटका घटनाहरू पनि भएका छन्।
- लेबनान र साउदी अरबमा आक्रमण र क्षेप्यास्त्र प्रहारका घटनाहरूमा मानिसहरूको मृत्यु भएको छ, र विभिन्न स्थानमा क्षति पुगेको छ।
तेहरान । मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गरेको छ । बुधबार बिहानसम्म इरान, इजरायल, लेबनान र खाडी क्षेत्रभर आक्रमण र प्रतिआक्रमण जारी छ । इरानी सरकारी मिडियाका अनुसार राजधानी तेहरान वरिपरिसहित देशका विभिन्न भागमा विस्फोट भएका छन् ।
इजरायली सेनाले व्यापक नयाँ लहरका आक्रमण सुरु गरेको बताउँदै बासिज र आन्तरिक सुरक्षा कमान्ड केन्द्रहरू निशाना बनाएको दाबी इरानले गरेको छ । इस्फहाननजिक कालो धुवाँको ठुलो मुस्लो देखिएको तस्बिर पनि सार्वजनिक भएको छ ।
इरानबाट प्रहार गरिएका मिसाइलहरू अवरोध गर्न इजरायली वायु प्रतिरक्षा प्रणाली सक्रिय रहेको सेनाले जनाएको छ । उत्तरी क्षेत्रमा लेबनानबाट आएका रकेटहरू पनि अधिकांश खसालिएको बताइएको छ । यरुसेलम नजिकको बेइट शेमेश क्षेत्रमा पनि कुनै वस्तु खसेको सूचना आएको तर त्यो रकेट हो वा अन्य कुनै भग्नावशेष हो भन्ने स्पष्ट नभएको जनाइएको छ ।
त्यस्तै, लेवनानको राजधानी बेरुतको दक्षिणको अरामुनमा भएको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बालबेकमा आवासीय भवनमा प्रहार हुँदा कम्तीमा ५ जनाको ज्यान गएको सरकारी मिडियाले जनाएको छ । इजरायलले दक्षिण लेबनानका दर्जनभन्दा बढी बस्ती खाली गर्न आदेश जारी गरेको छ ।
कतारमा पनि इरानी ब्यालिस्टिक मिसाइलले अल उदेइद एयर बेसलाई प्रहार गरेको रक्षा मन्त्रालयले जनाएको छ । तर यसमा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
साउदी अरबको रक्षा मन्त्रालयका अनुसार अलखार्ज नजिक दुई क्रुज मिसाइल खसालिएका छन् । साथै साउदी हवाई क्षेत्रमा प्रवेश गरेका ९ ड्रोन पनि नष्ट गरिएको सरकारी मिडियाले जनाएको छ ।
कुवेतमा पनि आवासीय क्षेत्रमा सेलका टुक्रा खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै हवाई लक्ष्य अवरोध गरिएको र त्यसका भग्नावशेष घरमा खस्दा केही घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ ।
त्यस्तै बेलायती समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ) ले संयुक्त अरब इमिरेट्समा फुजैराह तट नजिक एक जहाजमा अज्ञात समूहले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । तर जहाजमा भने ठुलो क्षति नभएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण