छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न भागमा बितेका २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सप्तरी, सर्लाही, कास्की, दाङ, कञ्चनपुर र सिन्धुलीमा भएका दु्र्घटनामा उनीहरूको मृत्यु भएको हो ।
अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ महुली बजारमा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालक अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ बस्ने ४० वर्षीय श्याम देव चौधरी र स्कुटरमा सवार उनकी आठ वर्षीया छोरी कृतिकाकुमारी चौधरीको मृत्यु भएको हो ।
सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित सडकमा ट्याक्टरलाई मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–२ पुनर्वास टोलका २६ वर्षीय साहिल पासवानको मृत्यु भएको हो ।
यसैगरी, पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रमो स्कुटरको ठक्करबाट परिचय नखुलेका पैदलयात्रीको ज्यान गएको जनाइएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ हाडीमेस्थित सडकमा मोटरसाइकल पल्टिँदा तुलसीपुर उपमहानगरपालिका–१९ का २२ वर्षीय दिपेन घर्तीमगरको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–४ हिरापानी नजिक बसले स्कुटरलाई ठक्कर दिँदा कमलामाई नगरपालिका–६ धुराबाजर बस्ने गोलान्जोर गाउँपालिका–२ बित्तिजोरका ३५ वर्षीय चन्द्र श्रेष्ठको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण