सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

उपत्यकामा पास नभएका सवारी साधन सञ्चालन गर्न निषेध (तस्बिरहरू)

बिहीबार, २१ फागुन २०८२, ०८ : ४३
बिहीबार, २१ फागुन २०८२

सारांश

  • काठमाडौं उपत्यका ट्राफिक प्रहरीले निर्वाचन सुरक्षाका कारण सवारी पास नभएका सवारीलाई आवागमनमा रोक लगाएको छ।
  • निर्वाचन आचार संहिता विपरीत हिँडेका सवारी चालकको सवारी साधन ट्राफिक प्रहरीले होल्ड गरेको छ।
  • एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने चल्न दिइएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी पास नभएका सवारी साधनलाई आवागमनमा रोक लगाएको छ । निर्वाचन सुरक्षाको कारण सवारी पास भएकाहरुलाई मात्र सञ्चालन गर्न दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । 

निर्वाचन आचार संहिता विपरीत हिँडेका सवारी चालकको सवारी साधन ट्राफिक प्रहरीले होल्ड गरेको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनालाई चल्न दिइएको छ । 

trafic chaque (3)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने जानेलाई कारण देखाएको अवस्थामा सहजीकरण गरिएको एसएसपी अधिकारीले बताए । बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदैछ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुंगो लाग्नेछ ।

trafic chaque (2)

निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

trafic chaque (4)trafic chaque (5)trafic chaque (6)trafic chaque (7)trafic chaque (8)trafic chaque (9)trafic chaque (10)trafic chaque (11)trafic chaque (12)trafic chaque (13)trafic chaque (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप