एसियाली सेयर बजारमा करेक्सन
सारांश
- एसियाली शेयर बजार बिहीबार हरियोमा आएको छ, तर मध्यपूर्वको तनावका कारण चिन्ता कायमै छ।
- दक्षिण कोरियाको कोस्पी सूचकाङ्क प्रारम्भिक कारोबारमा बढेको छ, तर बुधबार दशककै खराब दिन थियो।
- जापानको निक्केई २२५ सूचकाङ्क पनि बिहीबार बढेको छ, तर मध्यपूर्वको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने सम्भावना छ।
हङकङ । बिहीबार एसियाली शेयर बजार हरियोमा आएको छ । गएको साताको अन्त्यमा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किरहँदा हर्मुज जलडमरुबाट हुने तेलको आपूर्ति ठप्प हुने चिन्ताबिच मङ्गलवार र बुधवार तीव्र रूपमा घटेका एसियाली सेयर बजारहरूमा बिहीबार बिहान केही सुधार देखिएका हुन् ।
दक्षिण कोरियाको कोस्पी सूचकाङ्क प्रारम्भिक कारोबारमा करिब १० प्रतिशतले बढेको छ । बुधवार भने यो सूचकाङ्कका लागि दशकौँयताकै खराब दिनमध्ये एक बन्यो । उक्त दिन बजार बन्द हुँदा कोस्पी झन्डै १२ प्रतिशतले घटेको थियो । बुधवार कोस्पी सूचकाङ्क ८ प्रतिशतभन्दा तल झरेपछि ‘सर्किट ब्रेकर’ नामक संयन्त्र प्रयोग गर्दै कारोबार केही समयका लागि रोकिएको थियो । यो प्रणाली आकस्मिक घबराहटमा हुने अत्यधिक बिक्री रोक्नका लागि प्रयोग गरिन्छ ।
जापानको निक्केई २२५ सूचकाङ्क पनि बिहीबार बिहान ४ प्रतिशतले बढेको छ । यो सूचकाङ्क बुधवार कारोबार बन्द हुँदा ३ दशमलव ६ प्रतिशतले घटेको थियो । दक्षिण कोरिया र जापान दुवै मध्यपूर्वबाट ठूलो मात्रामा तेल किन्ने देश हुन् । तर इरानले महत्त्वपूर्ण हर्मुज जलडमरू हुँदै जाने जहाज जलाइदिने धम्की दिएपछि त्यहाँबाट हुने ढुवानी लगभग ठप्प भएको छ । विश्वको करिब पाँचौँ भाग तेल र ग्यास यही मार्गबाट ओसारपसार हुने गर्छ । बिहिबारको कारोबारमा यस क्षेत्रमा चीन, हङकङ इन्डोनेसिया, ताइवान भारत, सिंगापुरलगायत अधिकांश शेयर बजार हरियोमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण