कैलालीमा बिहान १० बजेसम्म २८ हजार ९ सय ८ मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १० : ३२
सारांश
- कैलाली जिल्लामा मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ, बिहान १० बजेसम्म २८ हजार ९ सय ८ मत खसेको छ।
- मतदान केन्द्रहरूमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।
- अन्य जिल्लाको विवरण सङ्कलन भइरहेको छ र केही समयमा पूर्ण विवरण आउनेछ।
धनगढी । कैलाली जिल्लामा मतदान कार्य शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ। निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार आज बिहान १० बजेसम्म जिल्लाभर २८ हजार ९ सय ८ मत खसेको छ।
बिहानैदेखि मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको मतदान केन्द्रहरूबाट जानकारी प्राप्त भएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ। भने मतदाताहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
यसैबिच, निर्वाचन भइरहेका अन्य जिल्लाहरूमा भने कति मत खस्यो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म प्राप्त हुन सकेको छैन। सम्बन्धित निकायहरूले अन्य जिल्लाको विवरण सङ्कलन गर्ने कार्य भइरहेको र केही समयमा पूर्ण विवरण आउन सक्ने जनाएका छन्।
कैलालीको हकमा भने खसेको मतको यो प्रारम्भिक विवरण हो र समय बित्दै जाँदा यो सङ्ख्या बढ्दै जाने निश्चित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण