एमालेका उपाध्यक्ष पौडेलद्वारा मतदान
रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रूपन्देही क्षेत्र नं ८ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
रूपन्देही क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका पौडेलले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ७ः०५ बजे मतदान गरेका हुन् ।
यो निर्वाचन क्षेत्रमा एक लाख ३५ हजार ५० मतदाता रहेका छन् । मतदानपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा नेता पौडेलले जनता उत्साहपूर्वक मतदानमा सहभागी भएका बताए । उनले मतदानलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैको सहकार्य, समन्वय आवश्यक पर्ने बताउँदै गलत अफवाहमा नलाग्न सबैलाई आह्वान गरे ।
प्रतिनिधिसभातर्फ रुपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्र छन् । जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण