झापाका कुन निर्वाचन क्षेत्रमा कति मत खस्यो ?
सारांश
- झापामा दिउँसो १ बजेसम्म ४१.०४ प्रतिशत मतदान भएको छ।
- जिल्लाको विभिन्न निर्वाचन क्षेत्रमा ४४.०४% देखि ३१.४७% सम्म मतदान भएको छ।
- जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापामा दिउँसो १ बजेसम्म ४१.०४ प्रतिशत मतदान भएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये २ लाख ९२ हजार ८५८ मत खसेको छ । निर्वाचन क्षेत्रअनुसार खसेको मत विवरण यसप्रकार छः
झापा–१
कुल मतदाता १ लाख ३१ हजार ६७ मध्ये ५७ हजार ७१६ मत खसेको छ । यहाँ ४४.०४ प्रतिशत मतदान भएको छ ।
झापा–२
कुल मतदाता १ लाख ४७ हजार ५२२ मध्ये ६६ हजार ७५ मत खसेको छ । यहाँ ४४.७९ प्रतिशत मतदान भएको छ ।
झापा–३
कुल मतदाता १ लाख ४० हजार ८५७ मध्ये ५५ हजार ३८३ मत खसेको छ । यहाँ ३९.३२ प्रतिशत मतदान भएको छ ।
झापा–४
कुल मतदाता १ लाख ३० हजार ७१२ मध्ये ४१ हजार १३० मत खसेको छ । यहाँ ३१.४७ प्रतिशत मतदान भएको छ ।
झापा–५
कुल मतदाता १ लाख ६३ हजार ३७९ मध्ये ७२ हजार ५५४ मत खसेको छ । यहाँ ४४.४१ प्रतिशत मतदान भएको छ । यद्यपि यो क्षेत्रमा साढे १ बजेसम्म भने ४५ प्रतिशत मत खसिसकेको छ ।
जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण