परिवर्तनको आशा बोकेर मतदान
सारांश
- डिल्ली बजारकी ९० वर्षीया शान्ता रेग्मीले नेताहरूले वाचा पूरा नगरेको गुनासो गरिन्।
- मतदाता गोकुल धितालले देशमा केही काम भए पनि अपेक्षाअनुसार नभएको बताए।
- उनले युवा पुस्ताको विश्वास जित्नुपर्ने र सुशासन तथा रोजगारी आवश्यक रहेको बताए।
काठमाडौँ । डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरेकाे भन्ने ठ्याक्कै सम्झना छैन ।
एउटै कुराको सम्झना भने उनलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन् । कतिपय त फर्केर पनि आएनन् । “अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,” उनले भनिन्, “हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाउन् भन्ने चाहना छ ।”
उनकी नातिनी विदेशमा छिन् । रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन् । “देशमै काम पाइयो भने किन विदेश बस्नुपर्थ्याे र ?” उनी प्रश्न गर्छिन् ।
डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रुपमा लिएका छैनन्। उनी देशमा केही काम भएको मान्छन् तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन । “धेरै पटक मतदान गरियो । विगतमा केही पनि भएन भन्न मिल्दैन,” उनले भने, “तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन ।” उनको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो ।
नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको छ । “युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,” उनले भने । आज जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण