हामी अर्को शासक होइन, सेवक खोजिरहेका छौँ : भावना राउत
सारांश
- झापा क्षेत्र नं. ५ मा मतदानपछि जेनजी आन्दोलनकी अगुवा भावना राउतले नयाँ पुस्ताको राजनीतिक चेतनाबारे बताइन्।
- उनले नयाँ नेतृत्वले जनताको आशा जोगाउनुपर्ने र युवा पुस्ताको निगरानी रहने बताइन्।
- राउतले आगामी निर्वाचनमा सबै नेपाली नागरिकले मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउने वाचा गरिन्।
काठमाडौँ । झापा क्षेत्र नं. ५ मा मतदान गरेपछि जेनजी आन्दोलनकी अगुवा भावना राउतले नयाँ पुस्ताको राजनीतिक चेतना र अपेक्षालाई स्पष्ट पारेकी छिन्। मतदानपछि सामाजिक सञ्जालमा लेख्दै उनले भनिन्, ‘हामीले मत लगानी गरेका छौँ, अब त्यसको ब्याज खोज्छौँ।’
मुलुक निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको बेला आजको जनमतबाट आउने नयाँ नेतृत्वले जनताको आशा जोगाउनुपर्ने दायित्व उनीहरूको काँधमा रहेको उनले स्मरण गराइन्। राउतका अनुसार लोकतन्त्रमा भोट हाल्दैमा नागरिकको कर्तव्य सकिँदैन, बरु नेतृत्वलाई प्रश्न गर्ने र खबरदारी गर्ने काम अझ सशक्त रूपमा अघि बढ्नुपर्छ।
‘मेरो पुस्ताले संविधान पढेको छ, राज्यको स्वरूप बुझेको छ र आफ्ना अधिकार तथा जिम्मेवारीको अर्थ सिकेको छ,’ उनले थपिन्, ‘हामी अर्को शासक खोजिरहेका छैनौँ, हामीलाई जनताको सेवक चाहिएको हो।’ उनले अबको पाँच वर्ष नेतृत्वको हरेक कदममा युवा पुस्ताको सूक्ष्म निगरानी र खबरदारी रहने चेतावनी समेत दिइन्।
यसपटकको निर्वाचनमा अन्तरजिल्ला मतदान र विदेशबाट मतदानको व्यवस्था गर्न नसकिएकोमा उनले दु:ख व्यक्त गर्दै क्षमा समेत मागेकी छिन्। तर, अबको पाँच वर्षभित्र प्राविधिक रूपमा तयार भई अर्को निर्वाचनमा कुनै पनि नेपाली नागरिकले पैसाको अभावमा वा मुलुकभन्दा टाढा भएकै कारण मताधिकारबाट वञ्चित हुनु नपर्ने वातावरण बनाउन आफ्नो प्रयास जारी रहने उनले वाचा गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण