नुवाकोटमा साढे ३ बजेसम्म ४४ प्रतिशत मत खस्याे
बिहीबार, २१ फागुन २०८२, १५ : ५४
नुवाकोट। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोटमा दिउँसो ३ः३० सम्म ४४ प्रतिशत मत खसेको छ।
नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार हालसम्म ४४ प्रतिशत मत खसेको जानकारी दिए।
आचार्यका अनुसार अहिलेसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । नुवाकोटमा कुल २ लाख ४७ हजार ८६८ मतदाता छन् । मतदाताहरुले १३२ मतदान स्थलका २९३ मतदान केन्द्रहरुबाट मतदान गर्नेछन् ।
क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ९२९ मतदाताले ६८ मतदान स्थलका १४४ केन्द्र र क्षेत्र नम्बर २ मा एक लाख २३ हजार ९३९ जना मतदाताले ६४ मतदान स्थलका १३९ केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ।
बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण