१५ वटा जिल्लाका दुर्गम क्षेत्रहरूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
सारांश
- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको घोषणा गर्यो।
- मतदान सकिएपछि मतपेटिकाहरू सङ्कलन गरी मतगणनाको तयारी सुरु गरियो, प्रवक्ता भट्टराईले जानकारी दिए।
- दुर्गम जिल्लाका मतपेटिका ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरियो, आयोगको योजना अनुसार काम भइरहेको छ।
काठमाडौँ । निर्वाचन आयोगले बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको घोषणा गरेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको यस मतदान प्रक्रियामा नागरिकहरूले उत्साहका साथ सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका छन्।मतदान कार्य सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा सङ्कलन गर्ने र मतगणनाको तयारी सुरु गर्ने प्रक्रिया अघि बढेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।
भौगोलिक रूपमा विकट मानिएका १५ वटा जिल्लाका दुर्गम क्षेत्रहरूबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। आयोगको योजना अनुसार ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम पूर्वका सबै मतपेटिकाहरू आजै रातिसम्म सम्बन्धित मतगणना स्थलमा पुर्याइने लक्ष्य राखिएको छ।
यस्तै संखुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम पश्चिम, मनाङ, बाजुरा र हुम्ला जस्ता हिमाली तथा दुर्गम जिल्लाका मतपेटिकाहरू भने शुक्रबार बिहानसम्ममा गणना स्थलमा ल्याइपुर्याइनेछ। मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएलगत्तै सर्वदलीय सहमति जुटाएर मतगणनाको काम तत्काल अघि बढाइने आयोगले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण