काठमाडौँ–३ मा झण्डै ६८ प्रतिशत मतदान
सारांश
- काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा ४३ हजार ७८१ मत खसेको छ।
- निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा ६७.९ प्रतिशत मतदान भएको छ।
- यस क्षेत्रमा रामेश्वर फुयाल, रमेश अर्याल, राजुनाथ पाण्डे र कुलमान घिसिङलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ४३ हजार ७८१ मत खसेको छ ।
यस क्षेत्रमा कुल मतदाता संख्या ६४ हजार ४७९ रहेकोमा करिब ६७.९ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्रअन्तर्गत विभिन्न वडा र नगरपालिकामा खसेको मत संख्या यसप्रकार छः
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ – ३,२५५
कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ – २,०३४
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ – १,५३५
गोकर्णेश्वर नगरपालिका वडा नं १ – २,५७४
गोकर्णेश्वर नगरपालिका वडा नं २ – २,२५९
गोकर्णेश्वर नगरपालिका वडा नं ३ – ३,२६०
गोकर्णेश्वर नगरपालिका वडा नं ४ – ३,३६४
गोकर्णेश्वर नगरपालिका वडा नं ५ – ४,१५६
गोकर्णेश्वर नगरपालिका वडा नं ६ – ४,११०
गोकर्णेश्वर नगरपालिका वडा नं ७ – १,४२१
गोकर्णेश्वर नगरपालिका वडा नं ८ – ३,६१५
गोकर्णेश्वर नगरपालिका वडा नं ९ – १,२८५
काठमाडौँ महानगरपालिका वडा नं ६ – १०,९१३
यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रामेश्वर फुयाल, नेपाली कांग्रेसबाट रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजुनाथ पाण्डे तथा उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण