रौतहटमा आज रातिदेखि नै मतगणना गरिने
सारांश
- रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।
- जिल्लाभरका ५४१ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।
- आज रातिदेखि मतगणना सुरु हुने तयारी छ।
रौतहट । रौतहटको चार वटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
निर्धारित समय बिहान ७ः०० देखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ः०० बजे सम्पन्न भएको थियो । कुनै पनि अप्रिय घटना नभई जिल्लाभित्र रहेको ५४१ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन् ।
सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिए । जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी कुल १४२ जनाले उम्मेदवारी दिएका थिए ।
मतदान सम्पन्न भएसँगै मतदानस्थलबाट मतपत्र भएको बक्स मतगणना भएको स्थलमा ल्याउँदै गरेको र सम्भवतः आज रातिदेखि नै मतगणनाको तयारी भइरहेको प्रजिअ भुसालले बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नम्बर १ गौरमा रहेको जुद्ध माध्यमिक विद्यालय, क्षेत्र नम्बर २ को ब्रह्मज्योति मावि लौकाहा, क्षेत्र नम्बर ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मावि चन्द्रपुरमा मतगणना हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण