आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

हेलिकप्टरमार्फत मतपेटिका धुन्चे ल्याइयो

बिहीबार, २१ फागुन २०८२, २० : २८
बिहीबार, २१ फागुन २०८२

सारांश

  • रसुवामा ६१.३८ प्रतिशत मतदान सम्पन्न भयो।
  • जिल्लाभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो र मतपेटिका सदरमुकाम ल्याइयो।
  • लाङ्टाङ क्षेत्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरियो।

रसुवा । रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५७ मतदान केन्द्रबाट कुल २५ हजार ४५८ मतदाताले मतदान गरेका छन् । जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेका थिए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार जिल्लाभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा सदरमुकाम ल्याउने काम सुरु गरिएको हो ।

मतपेटिकाको सुरक्षाका लागि जिल्लामा तैनाथ नेपाली सेना श्रीश्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतपेटिका ढुवानी कार्य अघि बढाइएको जनाइएको छ । भौगोलिक रूपमा विकट रहेको लाङटाङ क्षेत्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप