जर्मन मिडियामा नेपालको चुनावी चर्चा
जर्मनी । जर्मनीका अधिकांश प्रमुख संचार माध्यमले नेपालमा बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनबारे प्राथमिकताका साथ समाचारहरू प्रकाशित गरेका छन् । यसरी समाचार प्रकाशित गर्नेमा मुख्य समाचारपत्रहरू, टेलिभिजन च्यानलहरू र अनलाइन समाचार पोर्टलहरू छन् ।
जर्मनीको प्रतिष्ठित टेलिभिजन च्यानल टागेससाउ २४ ले 'नेपालमा चुनाव, क्रोधपछि आशा' शीर्षकमा समाचार प्रकाशित गर्दै गत वर्ष भएको हिंसात्मक जेनजी आन्दोलनपछि आज नयाँ संसद गठन गर्न चुनाव भएको उल्लेख गरेको छ । उसले रास्वपा उम्मेदवार अर्थात् र्यापर बालेन साह यो चुनावका चर्चित पात्र भएको जनाउँदै समाचारमा लेखेको छ, 'सांगीतिक हिसाबले भन्ने हो भने उनले चुनाव पहिले नै जितिसकेको जस्तो देखिन्छ । “बालेन, बालेन' भन्ने आवाज धेरैतिर सुन्न सकिन्छ ।'
यो चुनावाट धेरैजसो नेपालीले परिवर्तनको आशा राखेको उल्लेख गर्दै समाचारमा भनिएको छ, 'पूर्वप्रधानमन्त्री फेरि नयाँ प्रधानमन्त्री बन्नेछन् भन्ने कुरा धेरै कम मानिसहरू मात्र विश्वास गर्छन् । धेरै मानिसहरू स्थायी परिवर्तनको चाहना राखिरहेका छन्, कम भ्रष्टाचार र बढी रोजगारीको अपेक्षा गर्दै ।'
त्यस्तै अर्को समाचारपत्र टागेसचाइटुङ (टीएजेड) ले र्यापरले संस्थापनलाई चुनौती दिँदैछन्' शीर्षकमा समाचार प्रकाशित गर्दै लेखेको छ, 'लामो समयदेखि पटक–पटक प्रधानमन्त्री बनेका शर्मा ओलीको बलियो गढ मानिने झापाको क्षेत्र नम्बरमा ५ मा उनीभन्दा आधा जति मात्र उमेरका बालेन्द्र साहले ओलीलाई चुनौती दिएका छन् ।'
साह करिब चार वर्षसम्म राजधानी काठमाडौँको स्वतन्त्र मेयर रहेको भन्दै टीएजेडले समाचारमा उल्लेख गरेको छ, 'उनले नगर परिषद्का बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरे, फोहोर व्यवस्थापन प्रणालीलाई नयाँ तरिकाले मिलाए र अवैध संरचना, सुकुम्वासी बस्ती तथा सडक व्यापारीहरू विरुद्ध कडा कदम उठाए । यस कारण उनी आलोचनाको पात्र पनि बने ।'
त्यस्तै 'फ्र्याङ्कफोर्टर अलगेमाइनु समाचार पोर्टलले 'र्यापरबाट सरकार प्रमुखसम्म ?' शीर्षकमा समाचार लेखेको छ । उसको समाचारमा उल्लेख छ, 'भ्रष्टाचारविरुद्धका गीतहरूका कारण बलेन्द्र साह नेपालमा प्रसिद्ध भए । युवाहरूको विरोध आन्दोलनले उनलाई प्रधानमन्त्री पदसम्म पुर्याउन सक्छ ।'
अर्को जर्मन समाचारपत्र सुढडैच चाइटुङले 'नेपालमा संसदीय निर्वाचनु शीर्षकमा भिडियो रिपोर्ट प्रस्तुत गर्दै नेपाल राजनीतिक अस्थिरता, भ्रष्टाचार र गरिबीबाट पीडित रहेकाले यो चुनावपछि नयाँ पुस्ताले राजनीतिक नेतृत्व लिने अपेक्षा गरिएको उल्लेख गरेको छ ।
त्यसैगरी विभिन्न भाषामा प्रकाशित हुने अर्को संचार माध्यम डैचवेलेको जर्मन संस्करणमा 'नेपालमा चुनाव, जेन जी पुस्ता वास्तविक सुधारको आशामा' शीर्षक राखेर समाचार प्रकाशित गरिएको छ । उसले समाचारमा लेखेको छ, 'सेप्टेम्बर २०२५ मा युवापुस्ताको विरोध प्रदर्शनले त्यतिबेलाको सरकारलाई राजीनामा दिन बाध्य बनाएको थियो । के बिहीबार भएको नयाँ चुनावले युवा आन्दोलनका मागहरू पूरा हुनेछन् ।'
डैचवेलेकै अंग्रेजी संस्करणले 'किन नेपालको चुनाव भारत र चीनका लागि महत्व राख्छ' शीर्षकमा समाचार प्रकाशित गर्दै लेखेको छ, 'हिमाली राष्ट्र नेपालमा भ्रष्टाचारविरुद्धका युवा प्रदर्शनहरूले अन्तिम सरकारले पत्तन भएपछि, त्यहाँका जनता नयाँ निर्वाचनमा मतदान गर्दैछन् । यो चुनावलाई प्रायः जेनजी पुस्ता र पुरानो नेतृत्वको भिडन्तका रूपमा हेरिएको भए पनि यसको नतिजाले देशका दुई विशाल छिमेकीमध्ये कुनले बढी प्रभुत्व राख्छ भन्नेमा प्रभाव पार्न सक्छ । किनभने चीन र भारत क्षेत्रीय भू(राजनीतिक प्रभुत्वको लागि प्रतिस्पर्धा गर्दैछन् ।'
जर्मनीको अर्को समाचारपत्र 'स्पिगेल'ले आफ्नो अनलाइन संस्करणमा बालेनले बालबालिकासँग सेल्फी खिचिरहेको फोटो राख्दै लेखेको छ, 'यी र्यापर जेन जीको प्रधानमन्त्री बन्न चाहन्छन् ।' उसले ३५ वर्षीय बालेन केही समयअघिसम्म काठमाडौंको मेयर रहेको र अब उनी धेरै युवाहरूको राजनीतिक आशाका रूपमा राजनीतिक शक्तिका लागि अघि बढिरहेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण