तेह्रथुममा शान्तिपूर्ण रुपले मतदान सम्पन्न
सारांश
- तेह्रथुममा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
- जिल्लाभर ५३.५९ प्रतिशत मत खसेको निर्वाचन अधिकारीले जानकारी दिए।
- मतगणनाका लागि म्याङलुङस्थित शिंहबाहिनी माविमा तयारी पूरा भएको छ।
तेह्रथुम । तेह्रथुममा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको तेह्रथुमका मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले बताए।
जिल्लाका ५६ वटै मतदानस्थल र ९३ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । जिल्ला ३५ हजार ५१० महिला र ३७ हजार ६२७ पुरुष गरी कुल ७३ हजार १३७ मतदाता रहेकामा १९ हजार २ सय ४५ महिला र १९ हजार ९ सय ४८ पुरुष गरी कुल ३९ हजार १ सय ९३ ले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी सुनिता रिमालले बताए । समग्रमा जिल्लामा ५३.५९ प्रतिशत मत खसेको उनको भनाइ छ।
मतगणनाका लागि सदरमुकाम म्याङलुङस्थित शिंहबाहिनी माविमा आवश्यक सबै व्यवस्थापन गरिसकिएको मुख्य निर्वाचन अधिकृत बर्देवाले बताए। आज राति २ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलसम्म आइपुग्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण