इरानको नयाँ सर्वोच्च नेता चयनमा आफ्नो संलग्नता हुनुपर्ने ट्रम्पको जिकिर
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सर्वोच्च नेता चयन प्रक्रियामा आफ्नो संलग्नता हुनुपर्ने बताए।
- ट्रम्पले इरानले अमेरिकाको सहमति बिना नयाँ नेता नियुक्त गरेमा त्यसलाई अस्वीकार गर्ने चेतावनी दिए।
- ट्रम्पले अली खामेनीका छोरा मुजतबा खामेनीलाई अस्वीकार गर्दै शान्ति ल्याउन सक्ने नेतृत्वको पक्षमा रहेको बताए।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आगामी सर्वोच्च नेता चयन प्रक्रियामा आफ्नो व्यक्तिगत संलग्नता हुनुपर्ने धारणा व्यक्त गरेका छन्। इरानी सर्वोच्च नेता अली खामेनीको मृत्युपश्चात् रिक्त रहेको स्थानमा नयाँ नेतृत्व चयन गर्ने विषयलाई लिएर ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्।
अनलाइन न्युज पोर्टल एक्सियोससँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाको सहमति बिना इरानले नयाँ उत्तराधिकारी नियुक्त गर्न खोज्नु समयको बर्बादी मात्र हुने चेतावनी दिएका छन्।
इरानमा अली खामेनीका छोरा मुजतबा खामेनीलाई भावी सर्वोच्च नेताको बलियो दाबेदारका रूपमा हेरिए पनि ट्रम्पले उनलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन्। मुजतबालाई लाइटवेट नेताको संज्ञा दिँदै ट्रम्पले आफू चयन प्रक्रियामा सहभागी हुनुपर्ने अडान राखेका छन्।
यदि अघिल्लो नेतृत्वकै नीतिलाई निरन्तरता दिने गरी कोही नयाँ नेता आएमा त्यसलाई अमेरिकाले ठाडै अस्वीकार गर्ने र त्यस्तो अवस्थामा आगामी पाँच वर्षभित्रै अमेरिकासँग पुनः युद्धको जोखिम निम्तिन सक्ने ट्रम्पको चेतावनी छ।
ट्रम्पले आफू इरानमा सद्भाव र शान्ति ल्याउन सक्ने नेतृत्वको पक्षमा रहेको दाबी गरेका छन्। मुजतबा खामेनी आफ्नो लागि अस्वीकार्य रहेको दोहोर्याउँदै उनले इरानको भविष्यका लागि अमेरिकी चासोलाई नजरअन्दाज गर्न नमिल्ने सन्देश दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण