नवलपरासीमा ६४.५१ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, २२ : ४१
नवलपरासी । नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ।
निर्वाचनमा जिल्लाभरका मतदान केन्द्रमा मतदाताहरूको उत्साहपूर्वक सहभागीताले ६४.५१ प्रतिशत मतदान भएको नवलपरासीका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिए।
पश्चिम नवलपरासीमा चार जना अन्यसहित कुल २ लाख ५४ हजार १५७ मतदाता छन् । मतदान सम्पन्न भएसँगै अहिले मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मतगणना स्थलमा लैजाने काम भइरहेको जनाइएको छ।
सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतपेटिका मतगणना स्थलमा आइपुगेपछि चाँडै मतगणना पनि सुरू गर्ने निर्वाचन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण