सर्लाही–१ को मतगणना भोलि बिहानदेखि हुने
सारांश
- सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानबाट सुरु हुनेछ।
- निर्वाचन अधिकृतका अनुसार विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ।
- सबै मतपेटिका आएपछि सर्वदलीय बैठक बसी मतगणनाको तयारी गरिनेछ।
सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानदेखि सुरु गरिने भएको छ ।
निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर ल्याउने काम भइरहेको छ। सबै स्थानबाट मतपेटिका आइपुगेपछि मतगणनाको तयारी गरिने उनले जानकारी दिए ।
'सबै स्थानबाट मतपेटिका बुझ्ने काम भइरहेको छ। लालबन्दी नगरपालिका–१० चन्द्रपुरमा मतगणना हुनेछ । भोलि शुक्रबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ,' थापाले भने ।
उनका अनुसार केही मतदान केन्द्रका मतपेटिका अझै आइपुग्न बाँकी छन् । सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसालिने र त्यसपछि मतगणनाको अन्तिम तयारी गरिने उनले जानकारी दिए ।
यसपटक यहाँबाट नेकपा एमालेबाट मनोजकुमार देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नितिमा कार्की, नेकपाबाट प्रमोद साह, नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ तथा जनता समाजवादी पार्टीबाट रामप्रकाश चौधरीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण