सिरहा–३ मा मतपेटिका संकलन पूरा, बिहान मतगणना सुरु गरिने
सारांश
- प्रतिनिधिसभा निर्वाचनपछि सिरहा-३ मा मतपेटिका संकलन र भण्डारणको काम सम्पन्न भयो।
- भोलि बिहान ८ बजे सर्वदलीय बैठकपछि सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा मतगणना सुरु हुनेछ।
- मतपेटिकाको सुरक्षा र निगरानीका लागि पार्टीका प्रतिनिधि र सुरक्षाकर्मीहरू खटिएका छन्।
सिरहा । प्रतिनिधिसभा निर्वाचनपछि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा मतपेटिका संकलन र भण्डारणको काम पूरा भएको छ ।
मुख्य निर्वाचन अधिकृत डा.श्रीप्रकाश उप्रेतीले जानकारी दिएअनुसार सबै मतपेटिकालाई सिल गरेर सुरक्षित स्थानमा राखिएको छ ।
भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेपछि मात्र मतगणना सुरु हुनेछ। मतगणना सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा हुनेछ । 'आज मतपेटिकाको सुरक्षा र निगरानीको लागि पार्टीका प्रतिनिधि र सुरक्षाकर्मीहरू उपस्थित छन्,' उनले भने ।
सिरहा–३ मा यसपटक नेपाली कांग्रेसबाट सुभाषचन्द्र यादव, नेकपा एमालेबाट लीलानाथ श्रेष्ठ, नेकपाबाट विश्वनाथ साह, रास्वपाबाट शम्भुकुमार यादव, प्रलोपाबाट पुजनकुमार सिंह र जनमत पार्टीबाट रोहित महतो चुनावी मैदानमा छन् ।
मुख्य निर्वाचन अधिकृत उप्रेतीतले मतपेटिका सुरक्षित रहेको र भोलि बिहानदेखि निष्पक्ष मतगणना हुने सुनिश्चित गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण