लुम्बिनी प्रदेशको १२ वटा क्षेत्रमा मतगणना जारी, कहाँ को अगाडि ?
शुक्रबार, २२ फागुन २०८२, १० : १६
सारांश
- लुम्बिनी प्रदेशका १२ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ, जम्मा २४ क्षेत्र मध्ये आधामा गणना भइरहेको छ।
- मतगणना सुरु भएका क्षेत्रहरू मध्ये ८ वटामा रास्वपा, २ वटामा एमाले, र काँग्रेस तथा नेकपा एक-एक स्थानमा अगाडि छन्।
- बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई, रुपन्देही–४ मा एमालेकै प्रमोद कुमार यादव अगाडि छन्।
काठमाडौं । लुम्बिनी प्रदेशमा १२ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । कुल २४ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा आधा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो ।
यसरी मतगणना सुरु भएका क्षेत्रहरुमा कपिलवस्तु–३, दाङ–१, बाँके १, २, ३ सबै रुपन्देही १, २, ३, ४, र ५, बर्दिया २ र रुकुम पूर्व–१ रहेका छन् ।
मतगणना सुरु भएका क्षेत्रमध्ये ८ वटामा रास्वपा अगाडि छ । एमाले २ वटा, काँग्रेस र नेकपा एउटा अगाडि देखिएका छन् ।
बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई, रुपन्देही–४ मा एमालेकै प्रमोद कुमार यादव अगाडि छन् । कपिलवस्तु–३ मा काँग्रेसका अभिषेक शाह तथा रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल अगाडि हुँदा बाँकी सकै क्षेत्रम रास्वपा अगाडि देखिएको छ ।
बाँकी क्षेत्रमा भने अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण